देशमा स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ : राजेन्द्र लिङ्देन काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन्। बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफू प्रतिपक्षमा बसेर जनताका कामहरु गर्न तयार रहेको बताए। सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने भन्दै अध्यक्ष लिङदेनले अब जनमुखी काम गर्ने सरकारको आवश्यक्ता रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्