गगन थापालाई जिताउन स्वर्णिम वाग्लेको आहवान् : डा. स्वर्णिम वाग्ले काठमाडौं।अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्‍याएका छन्।अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरूजस्ता विज्ञहरूको टिम रहेको समेत खुलासा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्