सभामुख अग्नीप्रसाद सापकोटा प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने काठमाडौं।प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।सिंहदरवारमा पत्रकार सम्मेलन गरेर उनले आफूले निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताउएका हुन्।त्यस अवसरमा उनले लगातार ३ पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति आभारसमेत व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्