पढ्नुहाेस्:

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

पढ्नुहाेस्:

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

"> महरा सधैँ सत्ता सुखमा: Dekhapadhi
महरा सधैँ सत्ता सुखमा
काठमाडौं। बलात्कार आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा नेपालको सत्ता राजनीतिमा नयाँ नाम होइन।

सशस्त्र विद्रोहको पृष्ठभुमीबाट आए पनि उनको खुला राजनीतिक जीवनको अधिकांश समय सत्तासँगै जोडिएको छ।

राजनीतिक जीवनमा सधै सत्ता र लाभको पदमा बसिरहेका महरा पार्टीभित्र ‘भाग्यमानी’ नेता मानिन्छन्।

२०६३ मा माओवादी शान्ति प्रक्रियामा आएयता उनी सात पटक मन्त्री भइसकेका छन्।

शान्तिप्रक्रियापछि तत्कालीन नेकपा माओवादीलाई समेत समेटेर अन्तरिम व्यवस्थापिका गठन गरिएको थियो। उक्त व्यवस्थापिकामा महरा विधायक बनेका थिए। महराको सत्ता यात्रा त्यहीँबाट शुरू भएको हो।

सत्तामा निरन्तर

गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चारमन्त्रीको रूपमा उनी सत्तामा पहिलोपटक सहभागी भए।

२०६४ सालमा पहिलो संविधान सभामा दाङ-३ बाट निर्वाचित भए। त्यही निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएपछि माओवादी नेतृत्वमा सरकार बन्यो। पुष्पकमल दाहाल प्रधानमन्त्रि बने भने महरा पुनः सूचना तथा सञ्चारमन्त्री भए। सरकारको प्रवक्ता पनि सम्हाले।

२३ माघ २०६७ मा तत्कालीन नेकपा एमाले नेता झलनाथ खनालको सरकारमा माओवादी समूहको नेतृत्व गर्दै महरा उपप्रधानमन्त्री एवं सूचना तथा सञ्चारमन्त्री बने ।

२१ वैशाख २०६८ मा खनालकै नेतृत्वको पुनर्गठित मन्त्रिमण्डलमा उनी पुनः उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा महरा दाङ-१ बाट निर्वाचित भए।

२० साउन २०७३ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी उपप्रधान तथा अर्थमन्त्री बन्न सफल भए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा २४ जेठ २०७४ मा महराले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी पाए।

एमाले र माओवादीबीचको गठबन्धनपश्चात उनी उपप्रधान तथा विना विभागीय मन्त्री भए ।

२०७४ सालमा सम्पन्न संघीय संसद्को निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएपछि महरा कायर्पालिकाबाट व्यवस्थापिकामा आए। उनलाई सभामुखमा निर्वाचित गरियो।

१२ फागुन २०७४ मा प्रतिनिधि सभा सभामुखको सपथ लिए।

यो सत्ता सुख लिइरहँदा उनी पटक-पटक ठूला विवादमा मुछिएका थिए। पार्टी प्रतिपक्षमा हुँदा विपक्षी सांसदलाई प्रभावमा पार्न चिनियाँ व्यापारीसँग ५० करोड रूपैयाँ माग गरेको उनको अडियो २०६७मा सार्वजनिक भएको थियो।

नेपालमा इसाइकरण अभियान चलाइरहेको चर्चसँग उनको सामीप्यता पनि सार्वजनिक भएको थियो। त्यस्तै शिविरमा रहेका माओवादी लडाकुले पाउने तलब-भत्ता हिनामिनामा पनि उनी मुछिएका थिए।

सञ्चारमन्त्री हुँदा फ्रिक्वेन्सी वितरणमा भएको अनियमिततामा उनको संलग्नताबारे प्रश्न उठेको थियो।

यी कुनै पनि प्रकरणमा गम्भीरतापूर्वक छानवीन भने भएन। बरू पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई रिझाएर उनले निरन्तर सत्ता सुखको लाभ उठाइरहे।

सधैँ विजयी

धेरै माओवादी नेताका लागि शान्ति प्रकियापछिको निर्वाचन नै पहिलो थियो। महरा भने माओवादीका भाग्यमानीमध्येका नेता हुन् जसले विद्रोह अघि नै संसद् टेकेका थिए।

२०४८ सालको प्रतिनिधि सभामा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट रोल्पा-२ बाट निर्वाचित भएका थिए । त्यतिखेर जनमोर्चाबाट ९ जना मात्रै निर्वाचित भएका थिए। जनमोर्चा नेपालको संसदीय दलको नेता पनि महरा नै भए

माओवादी शान्ति प्रक्रियामा आएपछिका तीनवटा चुनावमा पनि उनी निरन्तर विजयी भए।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा दाङ-३बाट, ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ-१बाट र २०७४ सालको संघीय संसद् निर्वाचनमा दाङ-२ बाट।

लगातार तीनवटा चुनाव जित्ने महरा एक मात्र माओवादीका नेता हुन्। यो अवसर अन्य नेताले पाएका छैनन्।

तीनै वार्ताका सहभागी

सशस्त्र संघर्षरत माओवादीका शुरूमा चिनिने नेतामध्ये थिए, कृष्णबहादुर महरा।

२०५८ सालमा पहिलोपटक वार्तामा आएको युद्धरत माओवादीको वार्ताटोली संयोजक थिए उनी।

२०६० र २०६२ मा पनि सरकारसँग वार्ता गर्न पार्टीले गठन गरेको टोलीमा उनको नेतृत्वदायी भुमिका रह्यो ।

राजनीतिक जीवन

१७ असार २०१६ मा रोल्पाको लिवाङ धारापानीमा जन्मिएका कृष्णबहादुर महराले पोखरास्थित पृथ्वीनारायण क्याम्पस शिक्षाशास्त्र संकायबाट स्नातक तह उत्तीर्ण गरेका छन्।

२०३५ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका महराले २०३६–२०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिवको जिम्मेवारी निर्वाह गरे ।

उनले २०३७ मा तत्कालीन नेकपा चौथो महाधिवेशनको पार्टी सदस्यता लिएका थिए ।

२०३७ सालमा रोल्पा जिल्ला सदस्य बनेका महरा २०३९ देखि ०४१ सालसम्म अनेरास्ववियूको केन्द्रीय उपाध्यक्ष र पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष भएका थिए ।

उनी २०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी बने । २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को क्षेत्रीय संगठन समिति सदस्य भएका उनी २०५१ मा तत्कालीन नेकपा (माओवादी) को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा जनयुद्धको सुरुवातबाट सपरिवार भुमिगत भएका महरा असार २०५३ मा केन्द्रीय सदस्य बने ।

महरा २०५५ सालमा पार्टी पोलिटब्यूरो सदस्य हुँदै २०६२ सालमा माओवादी स्थायी समिति सदस्य बने । २०७१ मा उनी पार्टीको महासचिव भए ।

पढ्नुहाेस्:

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्