साना नदीहरुमा बाढी आउनसक्ने, जल तथा मौसम विभागले शतर्कता अपनाउन आग्रह काठमाडौं।नेपालमा जल तथा मौसम विज्ञान विभागकी प्रवत्ता वभूति पोखरेलले आगामी तीन दिन प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएकी छन।मेघगर्जन चट्याङको सम्भावना रहेको भन्दै उनले शतर्कता अपनाउन आग्रह गरेकी छन्।पोखरेलले मनसुनका कारण वर्षाको सम्भावना रहेको भन्दै साना नदीहरुमा बाढी आउनसक्ने बताइन्।यसवर्ष सरदरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ र शतर्कता अपनाउन उनले आग्रह गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्