''कांग्रेस तदर्थवादमा चल्न सक्दैन''-  शेखर कोइराला
चितवन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरुलाई उर्जा थप्न जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन्।

पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले भने, ''समयमा नै नेतृत्व चयन गरौं, अब कांग्रेस तदर्थवादमा चल्न सक्दैन।''

कोइरालाले नेतृत्वको कमजोरीका कारण कांग्रेस समस्यामा पर्न नहुने भन्दै नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ लगायतको भातृ संस्थाको महाधिवेशन समयमा नै गर्नुपर्नेमा जोड दिएका छन्।

जागरण अभियानले कार्यकर्तामा उत्साह थपेको उनले बताए।

त्यस्तै धनुषाको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सङ्घीय लोकतान्त्रिक पद्दतीलाई सबल बनाउने सन्दर्भमा गम्भीर नभएको आरोप लगाएका छन्।

नेता खाँणले संविधान संशोधन गरेर मधेशवादी दल र अन्य समुदायको साझा स्वामित्व ग्रहण गराउनुपर्ने आवश्यकता औंल्याए।रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्