नारायणहिटी दरवारमा अनियमितता गर्नेलाई छाडिन्न : पर्यटन मन्त्री आले काठमाडौं। पर्यटन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरवारमा भएको अनियमितता गर्नेलाई कारबाहि गर्ने बताएका छन्। सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले नारायणहिटी राजदरवार अन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दुःखको कुरा भएको बताए। यसका साथै बतास समूहले आधिकारिक निकायबाट नक्शा पास नगरी एवं निर्माण स्वीकृति नलिइ नारायणहिटी जग्गामा नयाँ संरचना निर्माण गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्