एमसीसी पास गर्न मुलुकमा संकटकाल लगाउन खोजिदै छ : देव गुरुङ काठमाडौं।नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले राज्यका सबै संयन्त्रहरुमा गतिरोध भइरहने हो भने शंकटकाल सिर्जना हुने अवस्था रहेको बताएका छन्।उनले पछिल्लो समयका घटनाक्रमलाई नियाल्दा संसद विघटनको कुरा, संसदीय मूल्य मान्यतालाई अवहेलना गर्ने कुरा भइरहेकोले देश अस्थिरतातर्फ धकेलिएको समेत बताए।त्यस्तै उनले देशलाई स्वतन्त्र र बलवान बनाइराख्न फेरि एकपटक राजनीतिक शक्ति मिल्नुको विकल्प नरहेको पनि प्रस्टाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्