पाल्पामा मलामी सवार बस दुर्घटना काठमाडौं। बुटवलबाट मलामी बोकेर रिडि जांदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना भएको छ। ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो। बस सडकबाट करिब डेढसय मिटर तल खसेको हो। घटनास्थलमै साता जनाको मृत्यु भयो। दश जना घाईतेको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्