अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन दिने प्रक्रिया अन्तिम चरणमा : संचारमन्त्री काठमाडाैं।सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन्। उनले अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्