महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिइएको एक मात्र देश हो नेपाल : प्रधानमन्त्री काठमाडौँ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तीस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको दाबी गरेका छन्।प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित,जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दाबी गरेका हुन्।शनिबार पार्टीकी सहमहामन्त्री डिला संग्रौलाद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्