अपराधीलाई कारबाही नगर्नुको पछाडी राज्यकै मिलेमतोमा भइरहेको छ कि ! : बाबुराम भट्टराई काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शका उब्जिएको बताएका छन्। सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखी माइतिघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्