एक बाबुको दृढता: म माग्ने भएपनि सन्तानलाई माग्ने बनाउँदिन काठमाडौं। प्रायः बौद्ध क्षेत्रका सडकमा मागिरहेका भेटिने गुप्त बदादुर जिरेलका सपनाहरु भने खुला छन्। शारीरिक अपाङ्गता भएका उनी आफू त सडकमा मागेर दैनिकी चलाउँछन्। तर, उनको सपना र दृढता भने दुई सन्तानलाई असल शिक्षा दिएर ठूलो मान्छे बनाउने छ। बिहानै सन्तानलाई विद्यालयका लागि तयार पारी आफै पुर्याउन जान्छन्। उनकै एउटै संकल्प र जिजीविषा छ, ‘सन्तानलाई आफू जस्तै माग्ने नबनाउने।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्