एमसीसीकै कारण गठबन्धन टुट्छ भन्ने मलाई लाग्दैन : प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताएका छन्।आज बिहीवार न्युज एनेन्सीसँगकाे अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले अप्ठ्याराे नै पर्‍याे भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने नलागेको र त्यति कारणले टुट्न पनि हुँदैन र टुट्न पनि दिइँदैन भनेका छन्।उनले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई भने अस्वीकार गर्ने ठाउँमा नरहेकाे बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्