आगामी निर्वाचनसम्म यो गठबन्धनलाई बचाएर लानैपर्छ : डा. बाबुराम काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताए। सोमबार नेकपा समाजवादी प्रेस संगठन नेपालको कार्यक्रममा देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका छन्। एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बिचमा सहमती जुटाएर मात्रै अघि बढ्नुपर्ने र प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आगामी निर्वाचनसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्