संसदको चालु अधिवेशन अन्त्य काठमाडौं। संसदको चालु अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाएका थिए। चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ। सर्वोच्च अदालतबाट पुनस्र्थापित संसदकोे आठौं अधिवेशनको साउन ३ गतेदेखि ३२ गतेसम्म गरी जम्मा २९ दिन चालु रह्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्