हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउन सिफारिस काठमाडौं। सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो। अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो। मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन्। ५९ वर्षदेखि राजनीतिमा सक्रिय पूर्व सांसदसमेत रहेका मिश्र महोत्तरीका कांग्रेसका पुराना नेता हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्