कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधवार सुनुवाई हुने काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट दायर गरेका छन्। उनले रिटमा आफूलाई गैरकानूनीरुपमा हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्न माग गरेका छन्। उक्त रिटमाथि सुनुवाइको लागि बुधबारलाई पेसी तोकिएको सर्वोच्चले जनाएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री,कुलमान घिसिङलगायतलाई विपक्षी बनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्