ठाकुरको पक्षमा अन्तरिम आदेश जारी भएन, आयोगको निर्णयलाई सर्वोच्चको मान्यता काठमाडौं। सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादवपक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार ठाकुरको निवेदनमाथि सुनुवाई गर्दै आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।योसँगै यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णय कायमै रहने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्