वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने हेटाैंडा। वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मंगलबार बस्ने भएको छ। बैठक मङ्गलबार अपराह्न २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए। बैठकका लागि आज अपरान्ह ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्