अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धार प्रति सरकार गम्भीर छः प्रधानमन्त्री काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने बताएका छन्। अफगानिस्तानमा नेपालीको स्थिति बुझ्न आइतबारै निर्देशन दिइसकेको बताउँदै सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले तत्काल उद्धारको पहल गरिने बताए। ‘अफगानिस्तानमा नेपालीको स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन गरिसकेको छु’, उनले भनेका छन्। अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारको दायित्व सरकारले सजगता र गम्भीरतापूर्वक निभाउने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्