अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन माओवादीको माग काठमाडौं। नेकपा माओवादी केन्द्रले अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गरेको छ। आइतबार सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले अफगानिस्तानमा सरकारी पक्ष र तालिबानबीच हिंसा भड्किँदै गइरहेको अवस्थामा त्यहाँ रहेका नेपालीहरूको असुरक्षित रहेका भन्दै उनीहरूलाई स्वदेश फर्काउन पहल गर्न माग गरेको हो। यस्तै बैठकले मुलुकका विभिन्न स्थानका बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्