दार्चुला घटनामा भारतसँग वार्ता गरी पीडितलाई क्षतिपूर्ति दिलाउन माओवादीको माग काठमाडौं। नेकपा माओवादी केन्द्रले दार्चुला महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको घटनाका सम्बन्धमा भारतसँग वार्ता गरेर पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। आइतबार सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले समसामयिक प्रस्तावहरू पारित गर्दै यस्तो माग गरेको हो। बैठकले बेलायतमा भइरहेको गोर्खा सैनिकहरूको अनसनमा ऐक्यबद्धता जनाउँदै बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न पनि सरकारसँग माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्