मलाई एमालेको ह्विप लाग्दैनः अजय शाही काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही आफूलाई नेकपा एमालेको ह्विप नलाग्ने बताएका छन्। एमालेलाई स्पष्टीकरणको जवाफ फर्काउँदै उनले आफू नवलपरासीबाट स्वतन्त्र रूपमा निर्वाचित भएको बताए। आफू आबद्ध स्वतन्त्र राजनीतिक समूह र एमालेबीचको सम्झौताअनुरूप सूर्य चिह्नबाट निर्वाचित भए पनि पार्टीको सदस्यता नलिएको उनी बताउँछन। माओवादीका मुख्यमन्त्रीलाई साथ दिँदै मन्त्री बनेपछि उनलाई एमालेले २८ साउनमा स्पष्टीकरण सोधेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्