एमालेका उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच छलफल काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ। पार्टी विवाद उत्कर्षमा रहँदा आइतबार पोखरेल निवास धुम्बाराहीमा रावल र पोखरेलबीच छलफल भएको हो। दुई नेताबीच १० बुँदे सहमतिलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका रावल पछिल्लो समय एकताका लागि संस्थापन पक्षका नेताहरूसँग संवादमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्