माओवादी केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आज दोस्रो दिन पनि जारी छ। शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ। बैठकमा हाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका प्रतिवेदनमाथि छलफल भइरहेको छ। प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की, बागमतीबाट नारायण दाहाल र गण्डकी प्रदेशबाट हितराज पाण्डेले धारणा राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्