काँग्रेसका ९ भ्रातृ संगठनका म्याद थपियो काठमाडौं।नेपाली काँग्रेसले ९ वटा भ्रातृसंगठनको म्याद ६ महिना थपेको छ। शनिबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संगठनको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले देखापढीलाई बताए। नेविसंघ,तरुण दल,प्रजातन्त्र सेनानी,किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको म्याद समाप्त भएका थिए। उनीहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्