माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजपनि बस्दै काठमाडाैं।हिजोदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्णबैठक आज पनि बस्दैछ। अहिले बिहान ११ बजे सुरु हुने बैठकमा समूहगत रुपमा तयार गरिएको सुझाव प्रस्तुत गर्ने र सोमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।हिजोको बैठकमा केन्द्रीय सदस्यहरुलाई आठवटा समूहमा विभाजन गरी पार्टी अध्यक्षको प्रतिवेदनमाथि छलफल गराइएको थियो।आजको बैठकमा सबै समूहहरुबाट छलफलको निष्कर्षको रुपमा रिपोर्ट प्रस्तुत गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्