लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान काठमाडौं।लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ।प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गतेका लागि नवौँ अधिवेशन आह्वान गरेका हुन्।प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ।प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३०दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्