आगामी निर्वाचनमा माओवादी प्रमुख शक्ति बन्ने प्रचण्डको दाबी काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने दाबी गरेका छन्। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको र अब सङ्गठनात्मक शक्तिका रूपमा अघि बढाउने बताए। प्रचण्डले भने, ‘हाम्रो अस्तव्यस्त भएको सङ्गठन नै हो। ढुक्क हुनुस्, थोरै सङ्गठनमा मिहिनेत गरे फेरी प्रमुख शक्ति बन्नेछौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्