काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौलालाई काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको शनिवारको बैठकले बाँकी रहेको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको छ। भदौ २ भित्र क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने गरी नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको बैठकले टुङ्गिन बाँकी विवाद मिलाउने जिम्मा सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्