गण्डकी प्रदेशमा एमालेले बनायो छाया सरकार पोखरा। प्रमुख विपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार गठन गरेको छ। प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छाया सरकार गठन गरेको हो। सरकारका काम कारबाहीलाई निगरानी र खबरदारी गर्न छाया सरकार गठन गरिएको सांसद राजीव पहारीले बताए। नयाँ सरकार गठन भएको लामो समयसम्म प्रभावकारी रूपमा काम गर्न नसकेकोले छाया सरकार गठन गर्नु परेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्