ओलीले प्रधानमन्त्रीको कुर्सीमा पुग्न र निरकुंश बन्नका लागि मात्रै पार्टी एकता गरेका रहेछन्: प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको कुर्सीमा पुग्न र निरकुंश बन्नका लागि मात्रै पार्टी एकता गरेको स्पष्ट भएको बताएका छन्। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा राजनीतिक र सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले ओलीले पार्टी एकताको सैद्धान्तिक, राजनैतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्