सरकार कुनै पनि बेला अल्पमतमा पर्ने खतरा छ, हौसिन जरुरी छैन: प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार कुनै पनि बेला अल्पमतमा पर्ने खतरा रहेकाले धेरै हौसिन जरुरी नभएको बताएका छन्। नेकपा एमालेको माधव नेपाल पक्षको साथ भएका कारण मात्र बहुमतमा रहेको भन्दै उनले जुनसुकै बेला अल्पमतमा पर्ने खतरा औँल्याएका हुन्। शनिवार सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकमा प्रचण्डले अहिलेको गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्