राष्ट्रपतिद्वारा शुक्रबार नारायणहिटी राजदरबार संग्रहालयको अनौपचारिक अवलोकन काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार नारायणहिटी राजदरवारस्थित संग्रहालय पुगेर अवलोकन गरेकी छन्। निषेधाज्ञाका कारण सर्वसाधारणका लागि बन्द रहेको संग्राहलयमा राष्ट्रपतिबाट अनौपचारिक भ्रमण भएको नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए। राष्ट्रपतिद्वारा अनौपचारिक रुपमा नारायणहिटी दरबारको अहिलेको अवस्थाको अवलोकन भएको जनाइएको छ। तामझाम बिनै करिब सवा २ घण्टा एउटा अवलोकनकर्ताको रुपमा राष्ट्रपतिद्वारा संग्रहालयको अवलोकन भएको निर्देशक दाहालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्