महन्थ ठाकुर पक्षले आज काठमाडौंमा अगुवा कार्यकर्ता भेला गर्दै काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले आज काठमाडौंमा अगुवा कार्यकर्ता भेला गर्दैछ। साउन२२गतेदेखि शुरु भएको देशव्यापी अगुवा कार्यकर्ता भेलाअन्तर्गत बागमती प्रदेशस्तरिय भेला आज साढे११बजे कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा गर्न लागिएको नेता लक्ष्मणलाल कर्णले देखापढीलाई बताए। भेलालाई ठाकुरपक्षका शीर्षनेताहरुले सम्बाधन गर्ने जनाइएको छ। निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ पक्ष देशव्यापी कार्यकर्ता भेलामा जुटेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्