आजदेखि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु हुँदै काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुने भएको छ। बिहान ११बजे बस्ने बैठकमा पार्टी विधान संशोधन लगायका विषय पेश हुनेछ। आजको केन्द्रिय कमिटी बैठकको एजेण्डा तय गर्न हिजो स्थायी कमिटीको बैठक बसेको थियो। आजदेखि शुरु हुने केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्