काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, के महाधिवेशनको नयाँ कार्यतालिका आउला? काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारदेखि जारी बैठक आज दिउँसो २बजे बस्ने जनाइएको छ। आजको बैठकले महाधिवेशन निर्वाचन निर्देशिका,क्रियाशील सदस्य केन्द्रीय छानवीन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनकाअनुसार बैठकले१४औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्ने सम्भावना छ। यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्