माधव नेपाल पक्षको टुंगो लागेपछि सरकारले गति लिन्छ: प्रधानमन्त्री काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूले सरकारको पूर्णताका विषयमा प्रश्न उठाएका छन्। सदस्यहरूले महाधिवेशनको कार्य तालिकाका बारेमा धारणा राख्ने क्रममा सरकारले पूर्णता पाउन भएको ढिलाइबारे पनि जिज्ञासा राखेका थिए। सदस्यहरूको जिज्ञासापछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका थिए। माधव नेपाल पक्षको टुंगो लाग्नसाथ सरकारले पूर्णता पाउने र गति लिने देउवाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्