केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि महाधिवेशनको नयाँ कार्य तालिका ल्याउने काँग्रेसको तयारी काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि मात्रै १४औँ महाधिवेशनका लागि नयाँ कार्य तालिका ल्याउने भएको छ। बिहीबारदेखि बुढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा आज पनि महाधिवेशनका सम्बन्धमा सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए। १६–१९ भदौसम्म महाधिवेशन गर्ने यसअघिको कार्य तालिका प्रभावित भइसकेका छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सदस्यहरूको धारणा सुनिसकेपछि बैठकले महाधिवेशनको नयाँ कार्य तालिका ल्याउने जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्