काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा काठमाडौं। नेपाली काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्। आमन्त्रित केन्द्रीय सदस्यलाई विधानमा अधिकार सङ्कुचित गरिएको भन्दै उनीहरूले राजीनामा दिएका हुन्। २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले संयुक्त राजीनामा पत्र सभापति शेरबहादुर देउवालाई बुझाएको कुमार खड्काले बताए। काँग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्