ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण काठमाडौं। प्रतिनिधिसभा सदस्य डिला संग्रौला पन्तले ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै उनले कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न माग गरिन्। संसार भरी न्यायका लागि बहादुरी देखाएका गोर्खा सैनिक अहिले आफ्नै न्यायका लागि लण्डनमा आमरण अनसन बसिरहेको उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्