गण्डकी कांग्रेसको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश पोखरा।गण्डकी प्रदेशको सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक परिवर्तन गरेको छ।यसअघि सचेतक रहेकी नवलपुरकी ओमकला गौतम प्रमुख सचेतक चयन भएकी छन् भने स्याङ्जाका भागवतप्रकाश मल्ल सचेतक बनेका छन्। मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रमुख सचेतक मणिभद्र शर्मा पर्यटन मन्त्री भएपछि उनको ठाउँमा गौतमलाई जिम्मेवारी तोकेका हुन्। गौतम सचेतक बनेपछि उनको ठाउँमा मल्ललाई ल्याएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्