कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै काठमाडौं।बिहीबारदेखि सुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए। आजको बैठकले महाधिवेशनको मिति टुंगो लगाउने जनाइएकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्