काँग्रेस केन्द्रीय समिति बैठकः तीन प्रस्तावमाथि छलफल, भोलि पुनः बस्ने काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार देखि सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पहिलो दिनको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन,महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानबिन प्रतिवेदन छलफलका लागि पेस गरेका थिए। आजको बैठकमा पाँच जना केन्द्रीय सदस्यले बोलेका थिए। भोलि बिहान ११ बजे बैठक पुन बस्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्