वर्तमान सरकारले कुलमान बाहेक अरूलाई देखेनः सांसद महत काठमाडौं। प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले सस्तो लोकप्रियताका लागि कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गरेको आरोप लगाए। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सधैँ भरी यही कुलमानबाट काम चलाउने हो कि अरू कुलमानहरू पनि जन्माउने हो प्रश्न गर्दै महतले प्राधिकरण बाहेकका संस्थानहरूमा पनि समस्या रहेको औँल्याए। महतले सरकारप्रति व्यङ्ग्य गर्दै भने,‘अघिल्लो सरकारले हनुमान मात्रै देख्यो, अहिलेको सरकारले कुलमान मात्रै देख्यो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्