सरकारले आफ्नो गरिब मारा निर्णय तत्काल सच्याओस्: सांसद लोहनी काठमाडौं। नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले भूमिहीन गरिब किसानलाई भूमि व्यवस्था गर्न ठिक्क परेको आयोग विघटन गरेर सरकारले गरिब मारा काम गरेको आरोप लगाएका छन्। उनले तत्काल आफ्नो गरिब मारा निर्णय सच्याउन सरकारसँग माग गरे। प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद लोहनीले सरकारले आफ्नो कमजोरी हटाई, खारेज गरेको भूमिसम्बन्धी आयोगको तत्काल पुनर्बहाली गर्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्