अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई तत्काल स्वदेश फिर्ता नल्याए संसद् चल्न दिन्नौँ: सांसद अधिकारी काठमाडौं। नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई तत्काल स्वदेश फिर्ता ल्याउन माग गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई स्वदेश नल्याएसम्म संसद् चल्न नदिने चेतावनी दिए। उनले भने, ‘तुरुन्त सरकारले अफगानिस्तानबाट नेपालीलाई रेस्क्यु गरेर ल्याउन प्रारम्भ गरोस्, अन्यथा सरकार नालायक भन्दै संसदमा काम गर्न दिँदैनौँ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्