लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार केसी ८ महिना मुख्यमन्त्री बन्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्