अध्यक्ष ओलीलाई मानसिक रोगी भनेकोमा एमालेको नियमापत्ति काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माओवादी सांसद मात्रिका यादवले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीको विरोध गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा यादवले ओली शारीरिक, मानसिक रूपमा अस्वस्थ रहेको टिप्पणी गरेका थिए। लगत्तै भट्टराईले उक्त टिप्पणीप्रति नियमापत्ति जनाउँदै के प्रमाणका आधारमा उक्त अभिव्यक्ति दिएको हो स्पष्ट पार्न चुनौती दिँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्